कपिलवस्तुको यशोधरा गाँउपालिका ५ का वडा अध्यक्ष लहिश पठान नै भारतीय नागरिक भएको पाइएको छ । उनीसँग भारत सरकारले आफ्ना नागरिकलाई दिने आधार कार्ड र नेपाल सरकारले आफ्ना नागरिकलाई दिने नेपाली नागरिकता दुवै छन् ।लहिश पठानले भारत बाट नइम खानका नाममा आधार कार्ड लिएका छन् । भारतमा बाबुको नाममा रफिक खान लेखाएका छन् । यिनै व्यक्तिले नेपालमा कपिलवस्तु जिल्लाबाट बाबुको नाम जमिल पठान उल्लेख गरेर लहिश पठानको नाममा नागरिकता लिएका छन् ।अहिले उनी वडा कार्यालयमा वडा अध्यक्षका रुपमा काम गरिरहेका छन् । नेपाल र भारतको नागरिकताको बिषयमा कुरा गर्दा आफूलाई फसाउन कोही व्यक्तिले बनाइ दिएको हुन सक्ने गैर जिम्मेवार जवाफ दिन्छन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved