खोटाङ । दिक्तेलको त्रिवेणीचोकमा अवस्थित माउण्ट एभरेष्ट इङलिस सेकेण्डरी वोर्डिङ स्कुलमा शिक्षकले विधार्थी कुटेपछि अभिभावकले शिक्षकलाई कारवाहीको माग गरेका छन् । कक्षा १० मा अध्ययनरत विधार्थी सुनिल खतिवडालाई शिक्षक पार्जुन राईले निलडाम हुनेगरी कुटेपछि पीडित विधार्थीका अभिभावकहरुले शिक्षकलाई कारवाहीको माग गरेका हुन् ।
शुक्रबार दिउँसो कक्षाकोठाको डेस्कमाथि बसेको निहुंमा शिक्षकले बाँसको भाटैभाटाले ढाडमा कुटेको पीडित विधार्थीले बताएका छन् । खाजा खाने समयमा केहीवेर डेस्कमाथि बस्दा विधार्थीले कुटाइ खाएपछि गुहार माग्दा नजिकैको होटल व्यवसायीले नकुटन् आग्रह गरेपछि कुट्न छोडेको अभिभावक काजीकुमार खतिवडाले बताए ।
विधार्थी कुटिएपछि अभिभावकहरुले साँझमा करीव एक घण्टा वोर्डिङ घेराउ गरेका थिए । शिक्षक, अभिभावक तथा विधालयका प्रधानाध्यापक विच सामान्य सहमतिमा विधार्थीको स्वास्थ्य जाँच गरिएको छ । जाँच गर्दा शरीरमा भाटाको दागहरु देखिएको पीडित विधार्थीका बुबा खतिवडाले जानकारी दिए । पीडित विधार्थी, विधार्थी पिट्ने शिक्षक र अभिभावक बिच आईतबार बसेर छलफल गर्ने कुरा भएको प्रधानाध्यापक सागर जोशीले बताए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved