"काङ्ग्रेस को राष्ट्रिय जागरण अभियान सम्पन्न"

  • प्रकाशित मितिः बैशाख ३१, २०७६
  • 1336 पटक पढिएको
  • समय अनलाइन

हिमांशु राय
बेलबारी मोरङ, 

"काङ्ग्रेस को राष्ट्रिय जागरण अभियान सम्पन्न"
नेपाली काङ्ग्रेस पार्टी बेलबारी नगरकार्य समितिको आयोजनामा मोरङको बेलबारी नगरपालिका स्थित बेतना सिमसार क्षेत्र परिसरमा राष्ट्रिय जागरण कार्यक्रम को आयोजना सम्पन्न भएको छ।
मुलुकमा बढ्दै गईरहेको हत्या,हिंशा ,भ्रष्टाचार र कुशासन ले सिङ्गो देश र जनतालाई असुरक्षित बनाईरहेको अवस्था प्रती लक्षित भई मुलुकमा दिगो शान्ति वहाली का साथै लोकतन्त्र को संस्थागत विकाश र रक्षा का लागि राष्ट्रिय जागरण अभियान संचालन गर्नु परेको काङ्ग्रेस का नेताहरुले बताएका छन्।देशमा संविधानत जनताको अधिकारहरु र स्वतन्त्रता पुर्वक बाच्न पाउने अधिकारहरु लाई समेत वर्तमान सरकारले कुण्ठित पार्ने निर्लज्ज कार्य गरिरहेको प्रती ससक्त प्रतिपक्षको भुमिका निर्वाह गरि गलत प्रवृति र कु नियतको पलपल खवरदारी गर्नु पर्ने नेपाली काङ्ग्रेसको भनाई रहेको छ। देशका ७७ जिल्ला का विभिन्न स्थानमा राष्ट्रिय जागरण अभियान संचालन गरिरहेको काङ्ग्रेस ले स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता लगायतका बिषयमा वर्तमान सरकारले चालेका कदमहरु ले लोकतन्त्र लाई नै कतै संस्थागत हुन नदिने गम्भीर षडयन्त्र त भईरहेको छैन? भन्ने आशंका ब्याक्त गर्दै आईरहेको छ।
आज बेलबारी नगरपालिका स्थित वेतना सिमसार परिसरमा संचालन भएको राष्ट्रिय जागरण अभियान कार्यक्रम का प्रमुख अतिथि पुर्व गृह मन्त्री तथा नेपाली काङ्ग्रेस पार्टीका केन्द्रीय सदस्य कृष्ण सिटौलाले कार्यकर्ताहरुको मनोवल उच्च बनाउन र नेपाली जनताहरुलाई सजग र सुसोचित गराउन राष्ट्रिय जागरण अभियानको ओचित्य माथी प्रकाश पार्दै कार्यकर्ताहरु को प्रश्नहरुको जवाफ दिने क्रममा नेपाली काङ्ग्रेस मात्र यस्तो एउटा पार्टी हो जो आफ्नो निष्ठा,सिद्धान्तमा सदैव अडिग रहि अघि बढिरहेको र नेपालका प्राय जसो सबै पार्टी हरुले आफ्नो सैद्धान्तिक आस्था र मूल्य मान्यताहरु लाई भुलेर एक पार्टी बाट अर्को पार्टी मा विलय भईरहेको अवस्थालाई सारा विश्व जगतले समेत हेरिरहेको छ भन्दै जनताको विश्वास ढिलो चाँडो काङ्ग्रेस मा रहने तर्क कार्यकर्ताहरु माझ पेश गर्नु भयो।यस्तो बेलामा काङ्ग्रेस ले आफ्नो ऐतिहासिक छविलाई कायम राख्दै लक्ष्य र गन्तव्य उन्मुख बन्नु पर्ने बताउनु भयो।पार्टीका गतिविधीहरु र कार्यकर्ताका सुझाव साथै गुनासाहरुलाई संकलन गरि स्थानिय तह देखि प्रदेश हुदै केन्द्रीय स्तर सम्मै लगेर नेपाली काङ्ग्रेस पार्टी लाई मजबुत बनाउनु पर्नेमा आफू लगायत सबै कार्यकर्ताहरुको उत्तिकै भुमिका रहने भएकोले संगठन विस्तारमा जोड दिदै अविचलित रहि पार्टी संगठनमा जुटनु पर्ने र ससक्त प्रतिपक्षको भुमिका निर्वाह गर्नु पर्ने जस्ता महत्वपुर्ण धारणाहरु ब्याक्त गर्नुभयो।कार्यक्रम मा पुर्व राज्य मंन्त्री दिलिप गच्छदार ,प्रदेश१ का सांसद माननीय सुर्यमा राज राई, शेखर चन्द्र थापा, लोक प्रसाद संग्रौला,शिव नारायण शिंह साथै नेपाली काङ्ग्रेस पार्टीका जिल्ला संगठन प्रमुख मान बहादुर लिम्बू, जिल्ला पार्टी सचिव नागेस कोईराला , पुर्व जिल्ला सचिव यदु विष्ट, जिल्ला सदस्य डम्वर राई, राज कुमार लिम्बू, महासमिति सदस्य डा. शुनिल शर्मा, महेन्द्र सुवेदी , ललित बहादुर श्रेष्ठ लगायत पार्टी सम्वद्ध विशिष्ट नेतागणहरु, क्षेत्र, नगर, वार्ड र भातृसंघहरु बाट समेत बाक्लो उपस्थिती रहेको थियो।
नेपाली काङ्ग्रेस पार्टी बेलबारीका नगर सभापति शम्भु भट्टराई को सभापतित्वमा सम्पन्न भएको उक्त जागरण अभियान कार्यक्रम मा उपस्थित अतिथि तथा कार्यकर्ताहरु लाई स्वागत मन्तब्य चेत राज बस्नेत ले गर्नु भएको थियो भने कार्यक्रम संचालन नेपाली काङ्ग्रेस पार्टीका नगर संयोजक बद्री नारायण मण्डलले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved