मिशनको ‘उत्कृष्ट’ नेपाल प्रहरीको शान्ति हाईटीमा

  • प्रकाशित मितिः बैशाख ३१, २०७६
  • 1800 पटक पढिएको
  • समय अनलाइन

अफ्रिकी मुलुक हाईटीमा सञ्चालित संयुक्त राष्ट्र संघको शान्ति मिशन (मिनुजुष्ट) को म्याद यही अक्टोबरमा सकिदैछ। २००४ देखि नेपाल प्रहरीको ‘फर्म पुलिस युनिट’ पनि यस मिशनमा लगातार सहभागी हुँदै आएको थियो।

तत्कालिन (मिनुष्ठा) मिशनलाई परिमार्जित गरी युनाइटेड मिसन फर जस्टिक सर्पाेट हाईटी मिनुजुष्टको अवधारणामा काम गरिरहेको नेपाल प्रहरीको अन्तिम २३औँ टोली मे १ मा नेपाल फर्किएको छ।

Un Haite M (4) एसएसपी सुशिल कुमार यादवको नेतृत्वमा गएको १४०जनाको प्रहरी टोलीले १३ महिनामा दिइएको जिम्मेवारी सफल रुपमा सम्पन्न गरेको बताएको छ। हाईटीमा लामो समयदेखि जारी गृहयुद्ध अन्त्य भएसँगै सेनासहितको मिनुष्ठा मिशन २०१७ बाट परिमार्जित गरेर हाईटीमा ‘न्यायिक कानुन’को लागी प्रहरी मात्र सहभागी मिनुजुष्ट मिशन सञ्चालित छ।

यो मिशनमा त्यहाँको स्थानीय प्रहरीलाई मानव अधिकार, हुलदंगा नियन्त्रण, महिला हिंसा, घरेलु हिसा, अपराध अनुसन्धान र शान्ति सुरक्षा सम्बन्धि फिल्डमा गएर नेपाल प्रहरीले तालिम दिएको थियो ।

द्धन्दपछिको अवस्थामा त्यहाँको स्थानीय प्रहरीलाई क्षमता अभिबृद्धिका लागी दिइएको तालिमले हाईटी प्रहरीको मनोबल उच्च भएको सयुक्त राष्ट्र संघको भनाई छ । नेपाल प्रहरीको सिकाइलाई त्यहाँको हाईटी पुलिस र संयुक्त राष्ट्र संघले पनि उच्च मुल्याकंन गरेको पाइएको छ ।

हाईटीमा २००४ देखि १०१९ सम्ममा नेपाल प्रहरीको २३ वटा टोली मिशन सफल गरेर फर्किसकेको छ । जसमा २०५जना महिला प्रहरीसहित ३ हजार ७० प्रहरी सहभागी छन् ।

Un Haite M (2) नेपाल उत्कृष्ट

हाईटी मिशनको अन्तिम २३ औ टोलीको चिफ अपरेशन अफिसर रहेका डिएसपी नरेश सुवेदीका अनुसार हाईटीमा नेपाल प्रहरीले दिएको तालिमले त्यहाँको प्रहरीको (पुलिसिङ) काम गराई शैलीनै परिवर्तन भएको बताउछन् ।

‘आधुनिक प्रहरीको पुलिसिङ अनुसार हामीले नेपालमा सिकेको अनुभव त्यहाँका प्रहरीलाई सिकायौ, हामीले सिकाएको कुराले उनिहरुमा धेरै क्षमताबृद्धि भएको महसुस गरेका छौँ।

सुवेदीले राजनितिक रुपमा हुने आन्दोलन र विपतका समयमा घाइतेहरुको उद्धार र उपचार कसरी गर्ने भनेर समेत त्यहाँका प्रहरीलाई तालिम दिइएको बताए ।

प्रहरीसगै त्यहाँका स्थानीय समुदायमा पुगेर पनि महिला हिंसा, घरेलु हिंसा तथा अन्य सचेतनामुलक कार्यक्रम नेपाल प्रहरीले सञ्चालन गरेको उनले बताए । जसले गर्दा त्यहाँका स्थानियहरु नेपाल प्रहरी प्रति अति धेरै आर्कषित भएका थिए ।

Un Haite M (3) यस्तै सामाजिक कार्यमा नेपाल प्रहरीले बिद्यालयहरुमा गएर खेलकुद र शैक्षिक सामाग्री वितरणले पनि त्यहाँका बालबालिकाहरुमा नेपाल प्रहरीको राम्रो छाप परेको उनले बताए । सुवेदी भन्छन् ‘अन्य देशका प्रहरी भन्दा नेपाल प्रहरीको सिकाइ उनिहरुले चाडो बुझ्ने गर्दथे’ । ‘हामी गएका ठाँउहरुमा धेरैजना नेपाली बोल्ने र बुझ्ने अबस्था बनिसकेको थियो’ ।

नेपाल प्रहरीले त्यहाँका प्रहरीलाई बाढेको सिप र ज्ञानले उनिहरुलाई काम गर्न धेरै सहज हुने सुवेदीको बिश्वास छ । साथै अन्तरदेशिय प्रहरीसँग बसेर काम गर्दा नेपाल प्रहरीको पनि क्षमताबृद्धि भएको डिएसपी सुवेदीको भनाई छ ।

हाईटीमा नेपालसँगै भारत र बगंलादेश आफ्नो मिशन सकेर फर्किसकेको अवस्था छ भने बाँकी ४ राष्ट्रका प्रहरी अक्टोबरसम्म मिशन सकेर फर्कने 

 

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved