" काङ्ग्रेस को उदघाटन प्रशिक्षण कार्यक्रममा ४ दर्जन भन्दा बढीको प्रवेश"

  • प्रकाशित मितिः जेठ ३, २०७६
  • 1159 पटक पढिएको
  • समय अनलाइन

हिमांशु राय
बेलबारी मोरङ, जेष्ठ २ गते विहिवार

" काङ्ग्रेस को उदघाटन प्रशिक्षण कार्यक्रममा ४ दर्जन भन्दा बढीको प्रवेश"

नेपाली काङ्ग्रेस क्षेत्रिय कार्यसमिति क्षेत्र नं.३, मोरङ द्वारा क्षेत्र स्तरिय प्रशिक्षण को चरणबद्ध कार्यक्रम अन्तर्गत को कार्यकर्ता प्रशिक्षण उदघाटन कार्यक्रम शुन्दरहरैचा नगरपालिका ईन्द्रपुर मोरङको जेसिज सभाहलमा सम्पन्न भएको छ।
आज विहिवार भएको उक्त प्रशिक्षण कार्यक्रम मा विभिन्न पार्टी परित्याग गरि ४ दर्जन भन्दा बढी ब्याक्तिहरु काङ्ग्रेस प्रवेश गरेका छन्।यसरी विभिन्न पार्टी परित्याग गरि काङ्ग्रेस प्रवेश गर्नेहरुमा पुर्व संघिय समाजवादी फोरम का युवा संघ का क्षेत्रिय अध्यक्ष रिक्त गुरुङ, जिल्ला सदस्य हिमाल गुरुङ, मोहन राई, पुर्व ने.क.पा. माओवादीका जिल्ला सदस्य ललित राई, पुर्व ने.क.पा. एमालेका जिल्ला सदस्य सन बहादुर लिम्बू ,ने. क.पा. का अन्य सक्रिय कार्यकर्ता जानसिंह कोईराला, तेन्जीङ शेर्पा,र प्रेस चौतारीका राष्ट्रप्रेमी राज पोख्रेल रहेका छन्।यसरी नै अन्य विभिन्न पार्टीहरु बाट काङ्ग्रेस प्रवेश गर्नेहरुमा विकाश लिम्बू, दिपेश धिमाल,प्र विन राई,कुशल मगर,सोमन राई, भुपेश लिम्बू,मन्दिप राई,किरण राई,आसमान मगर, खजेन्द्र गुरुङ,नवराज घले,सनम लामा, सरोज लिम्बू, सानू कार्की,कमल माझी, प्रज्वल गुरुङ, सागरदिप गुरुङ,एलविन राई, लगायत ४ दर्जन भन्दा बढी ब्याक्तिहरु पथरी,बेलबारी,शुन्दरहरैचा आदि स्थानहरु बाट विभिन्न पार्टी परित्याग गरि काङ्ग्रेस प्रवेश गरेका हुन्।
काङ्ग्रेस ले देशका ७७ जिल्लामा राष्ट्रिय जागरण अभियान संचालन संग संगै कार्यकर्ता प्रशिक्षण कार्यक्रम पनि संचालन गर्दै आएको हो।
मुलुक ले लोकतान्त्रिक संविधान प्राप्त गरेपनि वर्तमान सरकारले संविधानको मर्म अनुरुप कार्य संचालन नगरेर मुलुकलाई अधिनायकवाद तर्फ धकेल्दै गईरहेको प्रती नेपाली काङ्ग्रेस ले प्रतिपक्षको भुमिका निर्वाह गर्ने क्रममा वर्तमान सरकारको कार्य हरु प्रती असन्तुष्टि प्रकट साथै खवरदारी गर्दै आईरहेको हो।
प्रशिक्षण कार्यक्रमको उदघाटन लाई संवोधन गर्दे कार्यक्रम का प्रमुख अतिथि नेपाली काङ्ग्रेस पार्टीका केन्द्रीय सदस्य डा.शेखर कोईरालाले नव पार्टी प्रवेशीहरुलाई पार्टी को झण्डा ओढाई सम्वोधन गर्ने क्रममा वर्तमान सरकारको कडा आलोचना गर्दै संविधानमा उल्लेख गरिएको लोकतान्त्रिक गणतन्त्रको ब्याख्यालाई ब्यावहारमा वर्तमान सरकारले गलत प्रयोग गर्न तल्लिन रहि लोकतान्त्रिक समाजवादको मूल्य र मान्यताहरु लाई निस्तेज पार्न खोजेको भनाई ब्याक्त गर्नुभयो।
लोकतान्त्रिक समाजवादको सिद्धान्त मा प्रत्येक नागरिकले स्वतन्त्रता पुर्वक बाँच्न पाउनु पर्दछ जस्का लागी नागरिकलाई राज्यबाट संविधानत प्रदत्त वाक स्वतन्त्रता र गाँस,बाँस ,कपासको ग्यारेन्टी गर्नु राज्यको पहिलो दाईत्व हो नागरिकका ब्याक्तिगत आकांक्ष र जनजिवन संग जोडिएका अन्य आधारभुत आवाश्यक्ता हरु पनि छन् उहाँले बताउनुभयो।लोकतन्त्र को जग बलियो हुन र मुलुक सम्वृद्धी उन्मुख बन्न नागरिकका मौलिक र नैसर्गिक हक अधिकार हरु सुरक्षित हुन जरुरी छ यिनै कुराहरु समाजवादको परिशिष्ट भित्र पर्दछन भनी वलियो तर्क पेश गर्दै वर्तमान सरकारले जनमानसमा भय सिर्जना भईरहेको गुनासो ब्याक्त गर्दै प्रेस स्वतन्त्रता माथी अंकुश लगाउदा लोकतन्त्र नै कमजोर हुने बताउदै लोकतन्त्र को जग बलियो हुन प्रेस स्वतन्त्रता अनिवार्य भएको धारणा ब्याक्त गर्नुभयो।
काङ्ग्रेस ले प्रेस स्वतन्त्रता को पक्षमा संविधानको मर्म अनुरुपको आफ्ना धारणाहरु समेत सार्वजनिक गर्दै आईरहेको बताउनु भयो।
कार्यकर्ताहरु लाई सुझाउदै काङ्ग्रेस पार्टी भित्र अहंकार,स्वार्थिपन र ब्याक्तिबादी चरित्र साथै सबै प्रकारका विभेदहरु मौलाउने सम्भावना लाई लक्षित गर्दै कार्यकर्ताहरुलाई सजगता अपनाउन आग्रह गर्दै यश प्रकारका गतिविधीहरुलाई सबैले सच्चयाउदै सत चरित्रका साथ जनविश्वास प्राप्त गर्दै पार्टी संगठन विस्तार मा अघीबढनु पर्ने समेत बताउनु भयो।
मोरङ क्षेत्र नं.३, नेपाली काङ्ग्रेस पार्टीका सभापति गणेश खड्काको सभापतित्व मा सम्पन्न सो कार्यक्रम लाई केन्द्रीय सदस्य ,प्रदेश सांसद, जिल्ला ,क्षेत्र ,नगर र वार्ड बाट उपस्थित काङ्ग्रेस का विशिष्ट नेताहरुले मनतब्य दिने क्रममा पार्टी संगठनलाई बलियो बनाउन कार्यकर्ताहरु नै सक्रिय रहनु पर्ने यसो भएमा मात्र प्रतिपक्षको ससक्त भुमिका निर्वाह गर्दै वर्तमान सरकारको गलत प्रवृतिको खवरदारी गर्न सकिने धारणाहरुकार्यक्रम मा ब्याक्तगर्नुभयो।
मोरङ क्षेत्र नं.३,का विभिन्न स्थानहरुबाट कार्यकर्ताहरुकोव्यापकउपस्थितिरहेको
प्रशिक्षण कार्यक्रम २ दिन सम्म मोरङ क्षेत्र नं.३ अन्तर्गत का पथरी , बेलबारी र शुन्दरहरैचा लगायतका स्थानहरुमा संचालन गरिने नेपाली काङ्ग्रेस पार्टी मोरङ क्षेत्र नं.३ का क्षेत्रिय सचिव केदारमणी पौड्याल ले बताए।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved