आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०७६/०७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले कर्मचारीको शुरु तलबमानमा बढीमा २० प्रतिशतसम्म वृद्धि गरिएको घोषणा गर्नुभएको हो ।नेपाल सरकारको विनियोजनबाट पारिश्रमिक प्राप्त गर्ने राष्ट्रसेवक कर्मचारीको पारिश्रमिक वृद्धि भएको छ । आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०७६/०७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले कर्मचारीको शुरु तलबमानमा बढीमा २० प्रतिशतसम्म वृद्धि गरिएको घोषणा गर्नुभएको हो । उहाँका अनुसार आगामी साउनदेखि लागू हुने गरी राजपत्राङ्कित श्रेणीका कर्मचारीका २० प्रतिशत र राजपत्रअनङ्कितको १८ प्रतिशतले वृद्धि गरिएको छ । सो अनुसार कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, प्राध्यापकको तलब वृद्धि भएको हो । सरकारले तीन वर्षपछि कर्मचारीको तलब वृद्धि गरेको हो । यसअघि अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विसं २०७३ मा कर्मचारीको तलब वृद्धि गर्नुभएको थियो । सरकारले महँगीभत्ता, पोशाक सुविधा र जीवन बीमालाई भने यथावत् राखेको छ । यसबाट कर्मचारीको मनोबल उच्च भई पेशागत निष्ठा बलियो हँुदै सार्वजनिक सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको मन्त्री खतिवडाले जानकारी गराउनुभयो । कर्मचारीको सरुवा, पुरस्कार, सजाय, वृत्तिविकास र क्षमता अभिवृद्धिलाई कार्यसम्पादनमा आधारित बनाइने बजेटमा उल्लेख गरिएको छ । योगदानमा आधारित निवृत्तिभरण कोष सञ्चालन गर्नका लागि संस्थागत व्यवस्था मिलाइने
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved