यसकारण उद्योग बाणिज्य संघ इटहरीको नेतृत्वका लागि बिष्टको उम्मेद्वारी

  • प्रकाशित मितिः जेठ २०, २०७६
  • 3468 पटक पढिएको
  • समय अनलाइन

उद्योग बाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्षको रुपमा काम गर्नुका साथै इटहरी जेसिसमा पनि अध्यक्ष भएर काम गरिसकेका बिष्ट २७बर्षदेखी इटहरीमा व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ। इटहरीलाई कर्मथलो बनाउदै काम गर्नुभएका बिष्ट मजदुरबाट व्यवसायमा प्रबेश गर्नुभएको हो।

२०३२ सालमा जन्मभई व्यावसायिक पृष्ठभुमी मात्र नभई सामाजिक कृयाकलापमा १५बर्ष देखीनै सकृय बिष्ट गएको तीन कार्यकालमा नै सर्वाधिक मत ल्याएर लोकप्रिय उम्मेद्वार को रुपमा इटहरीका व्यवसायीको बीचमा परिचित उम्मेद्वार हुनुहुन्छ। हालको उद्योग बाणिज्य संघमा कार्यबाहक अध्यक्षको रुपमा हुनुहुन्छ।

यिनै बिष्टसँग समयअनलाईनका लागि जीवन फुयाँलले गरेको कुराकानीको सम्पादित अंश :

उद्योग बाणिज्य संघ इटहरीमा तपाँईको नेतृत्व किन ?
तीन कार्यकालदेखी उद्योग बाणिज्य संघमा काम गरेको भएर, व्यवसायीको नजिक रहेर काम गरेको अनुभव भएकोले नै मलाइ हिम्मत बढेको छ। मजबूत बिद्यान बनाउने र भोटर मात्र रहने व्यवसायीको अन्त्य गर्दै व्यवसायीका सबै प्रकारका समस्याहरुलाई पुर्ण समय दिएर समाधान गर्नका लागि र उद्योग बाणिज्य संघलाई उचाइमा पु¥याउनको लागी मेरो नेत्तृव आवश्यक छ।

तपाई कार्यवाहक अध्यक्ष हुँदा भएका महत्वपुर्ण कामहरु के के छन नि ?
क) नौ बर्ष अगाडी शुरु भएको भवनलाई पुर्ण रुपमा सम्पन्न गरी उक्त भवनलाई संघको आयश्रोतको रुपमा प्रयोगमा ल्याएको।

ख) इटहरी बजार बसपार्क, इटहरी अस्पताल, बुढीगंगा नमुना मुक्तिघाट, पचरुखी, आँपगाछी, तरहरा र खनारका सडकमा ६०वटा सौर्यबत्ति उद्योग बाणिज्य संघ मार्फत मेरो नेतृत्वमा जडान गरिएको छ।

ग) इटहरी बजारमा नाइटभिजनसहितको ८वटा सिसी क्यामेरा जडान गरिएको छ।

घ) आन्तरीक राजस्व कार्यालय इटहरीमा निःशुल्क हेल्पडेस्क सञ्चालन गरिएको छ।

ङ) आन्तरीक राजस्व कार्यलय धरानबाट कर सम्बन्धि बिज्ञहरुलाई ल्याएर इटहरीका व्यवसायी तथा सबै वस्तुगत संघहरुलाई कर सम्बन्धी अन्तरकृयाया कार्यक्रम गरिएको छ।

च) इटहरी उपमहानगरपालिकाको कर सम्बन्धी आर्थिक बिधेयक २०७५लाई उद्योग बाणिज्य संघको पहलमा बैज्ञानिक ढंगबाट बर्गीकरण गरी साना व्यवसायीलाई थोरै र घरवहाल कर घरवालाले नै ८ प्रतिशतका दरले तिर्ने वातावरण सृजना गरिएको छ।

छ) उद्योग बाणिज्य संघमा आएका व्यावसायीका सबै समस्याहरुलाई समाधान गर्दै रुची हार्डवेयरको १४ करोडको र भुवल चौधरीको व्यवसायीक समस्यालाई समाधान गरिएको छ।

ज) यसै कार्यकालमा प्रत्येक बर्ष महिला व्यवसायीहरुको लागी तिज कार्यक्रमको आयोजना प्रारम्भ गरिएको छ।

झ) इटहरीलाई प्रदेश राजधानी बनाउने पहलमा होस या प्राकृतिक तथा दैवि विपत्तीमा उद्धार तथा राहत दिने कुरामा नेत्तृवदायी भुिमका निर्वाह गरिएको छ।

ञ) घरेलु बिकास समितिमा उद्योग बाणिज्य संघमा प्रवेश गराई महिला उद्यमीहरुलाई प्रतिवर्ष ४२ देखी ४६जना महिला उद्यमीहरुलाई बिना धितो ५ लाख सम्म ऋण उपलब्ध गराउन सफल र प्रविधि हस्तान्तरण कार्यक्रममा घरेलु तथा साना उद्यमीहरुलाई प्रविधी हस्तान्तरण अन्र्तगत प्रतिबर्ष २८देखी ३५जनालाई १ लाख सम्म अनुदान उपलब्ध गराउन सफल भएका छौँ।

उद्योग बाणिज्य संघको चुनाव त मज्जाले लागेको होला ? दौडधुप राम्रै होला ?
असार १४गते निर्वाचनको मिति तय गरी निर्वाचन समिति बनाइएको ले व्यवसायीहरुको घरदैलो, पर्चा पम्लेटको काम आदि काममा व्यस्त हँुदै व्यवसायीको समस्याहरुको पहिचान गर्दै टिपोट गर्दैछौँ।

बिशुद्ध ब्यवसायीहरुको चुनाव हुनुपर्नेमा कुनै राजनीतिक गन्ध आएको देखीन्छ नी ? तपाईलाई कस्तो लाग्छ ?
यो बिशुद्ध व्यवसायीहरुको चुनावको हो। उद्यमी व्यवसायीहरुको आत्मसम्मानसहितको चुनाव भएको कारणले यसलाई राजनितीकरण गरिनु हुँदैन मलाई बिश्वास छ। व्यवसायीहरुले व्यावसायिक हितमा लागिपर्ने समय दिनसक्ने व्यावसायीक नेता छान्न राजनीतिक पार्टी भन्दा माथि उठेर र बिबेक पुर्‍याएर निर्णय गर्नुहुने छ भन्नेमा म पुर्ण बिश्वासमा छु।

तपाँइका समुहका सदस्यहरु कस्ता कस्ता हुनुहुन्छ ?
इटहरीमा व्यापार व्यवसाय गर्ने सबै बस्तुगत संघका प्रतिनिधिलाई समेट्ने प्रयास गरेको छु। मेरो टिम समावेशी छ। उद्योग बाणिज्य संघमा पदाधिकारी र नयाँ जोस जाँगरका साथ आउनुभएका बिभिन्न सामाजिक गतिबिधीमा नेत्तृवदायी भुमिका निर्वाह गर्नुभएका साथीहरुको समुह रहेको छ।

तपाइको नेतृत्वमा उद्योग बाणिज्य संघको तर्फबाट व्यवसायीहरुका लागी के कस्ता योजना छन् नि ?
क) एकै प्रकारका व्यापार व्यावसाय गर्ने व्यवसायीहरुको बस्तुगत संघ गठन गरी उक्त संघहरुलाई कार्य सञ्चालनको लागी उद्योग बाणिज्य संघको भवनमा अफिस कोठा उपलब्ध गराउने।

ख) बार्षिक कार्ययोजना क्यालेण्डर बनाउने, उद्यमी व्यवसायीलाई अग्रिम कार्ययोजना क्यालेण्डरमा देखाउने।

ग) व्यवसायीहरुको जीवन बिमाको योजना ल्याउने र व्यवसायीहरुको पसलमा पठाएर हिसाव किताव चुस्त दुरुस्त राख्ने, सिकाउने आदि।

घ) घरधनि र व्यवसायी बीच घरभाडाको सम्झौता उद्योग बाणिज्य संघको रोहवरमा बनाउने र बहाल कर घरधनिले नै तिर्नुपर्ने व्यवस्था मिलाउने।

ङ) घरेलु औद्योगिक ग्रामको स्थापना गर्न पहल गर्ने र रात्रिकालिन बजारलाई नगरपालिका सँग सहकार्य गरेर चाडै सञ्चालनमा ल्याउने।

च)उद्योग बाणिज्य संघको बिधानलाई पुनर्लेखन गरी व्यवसायीहरुको मात्र संस्था रहने व्यवस्था मिलाईने छ।

छ) स्थानीय सञ्चारमाध्यम (टेलिभिजन, रेडियो, पत्रपत्रिका, अनलाईन तथा सामाजिक संजाल आदिहरु) बाट कर सम्वन्धि जानकारीमुलक कार्यक्रम प्रस्तुत गर्ने।

ज) ब्यवसायीहरुको सबैखाले समस्याहरुमा तुरुन्त उपस्थित भई समस्याहरुको समाधान गर्ने।

अन्त्यम केहि भन्न चाहनुहुन्छ ?

यस समय अनलाईन डटकममार्फत मेरा महत्वपूर्ण कुरा राख्ने अवसर प्रदान गर्न दिनुभएकोमा यस अनलाईनका सम्पूर्ण टिमलाई बिशेष धन्यवाद दिँदै आगामी दिनमा जेजस्तो म बाट सहयोग गर्नसक्छु। धन्यवाद

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved