इटहरी । डेंगु ज्वरो सम्बन्धि सरोकारवालाहरुका मंगलबार इटहरी अस्पतालमा अभिमुखीकरण आयोजना गरिएको छ ।

  • प्रकाशित मितिः असार ४, २०७६
  • 1218 पटक पढिएको
  • समय अनलाइन


इटहरी । डेंगु ज्वरो सम्बन्धि सरोकारवालाहरुका मंगलबार इटहरी अस्पतालमा अभिमुखीकरण आयोजना गरिएको छ ।
अभिमुखिकरणको आयोजना इटहरी उपमहानगरपालिका स्वास्थ्य शा र इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुले संयुक्तरुपमा गरेका हुन् ।
अभिमुखीकरणमा महाशाखा टेकुका जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाले सरोकारवालाहरुलाई डेंगुदेखि सचेत हुन आग्रह गरेका थिए । उनले वातावरणीय क्षेत्रमा आएको परिवर्तनले विभिन्न रोगको संक्रमण बढ्न थालेको बताए । उनले भने–‘डेंगु रोग पनि त्यस्तै हो ।’ उनको भनाइअनुसार चिकित्सा क्षेत्रले नसोचेकाअति सुन्दर रोगहरु विश्वमा देखा परिरहेका छन् । उनले यस्ता रोगको संक्रमण देखा पर्नुको कारण पृथ्वीको तापक्रम बढ्दै जानु हो भने । उनले डेंगु संक्रमणबाट बच्ने विभिन्न उपायहरुबारे पनि सरोकारवालाहरुलाई बताएका थिए ।
त्यसैगरी, उपमहानगर स्वास्थ्य शाखा संयोजक रामचरण चौधरीले ७ जना मानिसमा इटहरीमा डेंगु देखिएको जानकारी दिए । अभिमुखीकरणमा मोटरसाइकल ग्यारेज संचालक, शिक्षक, स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको सहभागिता थियो ।
इटहरीमा देखिएको डेंगु नियन्त्रणको लागि इटहरी उपमहानगरपालिकाले लामखुट्टे, मलेरिया, डेङगु नियन्त्रणको लागि फगिङ स्प्रे कार्यक्रम संचालन गरेको थियो । तर, त्यति प्रभावकारी नहुने अभिमुखी कार्यक्रममा चर्चा गरियो ।
उपमहानगरले वडा नम्बर ६ र ९ मा औषधी छिटकाउ गरेको थियो । साथै सचेतना अभियान पनि चलाइएको थियो ।
साथै इटहरी–४ हलगडामा क्षेत्रमा गरिएको डेंगु रोग नियन्त्रण अभियान संचालन गरिएको छ ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ५ मा पनि डेंगु रोग नियन्त्रण अभियान अन्तर्गत लामखुट्टेको बासस्थान र लार्भा खोजी तथा नष्ट गर्न स्वास्थ्य स्वयम सेविका, स्वास्थ्यकर्मी, सहभागी भइ घरदैलो कार्यक्रम सञ्चालन गरिएको छ ।
इटहरी उपमहानगरपालिका वडा नं ६ मा डेंगु रोग नियन्त्रण अभियान अन्तर्गत लामखुट्टेको बासस्थान र लार्भा खोजी तथा नष्ट गर्न घरदैलो कार्यक्रम संचालन गरिएको छ ।
इटहरी उपमहानगरपालिका वडा नं ८ को पुष्पलाल चौकमा डेंगु रोग नियन्त्रण अभियान अन्तर्गत लामखुट्टेको बासस्थान र लार्भा खोजी तथा नष्ट गर्न सम्बन्धी छलफल तथा अन्तक्र्रिया गरिएको स्वास्थ्य महाशाखाले जनाएको छ ।
साथै इटहरी–४ आइतबारे टोलमा डेंगु रोग अभियान साथै लामखुटेको बासस्थान खोजी तथा लार्भा नष्ट गरिएको छ ।
उता, धरानमा देखिएको डेंगु नियन्त्रणउन्मुख भएको छ । प्रदेश सरकारले पनि डेंगु नियन्त्रण अभियानलाई प्रभावकारीरुपले अगाडि बढाउने योजना बनाएको मंगलबार एक विज्ञप्ति प्रकाशित गरी जनाएको छ । मंगलबार नै सामाजिक विकासमन्त्री जिवन घिमिरेले स्वास्थ्य क्षेत्रका अगुवाहरुसँग छलफल गरिसकेका छन् 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved