डेंगु परिक्षण गर्न प्रयोग गरिने किटको कतिपय निजी अस्पतालले २ हजार ५ सय रुपैँयासम्म लिएको भन्दै अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी महासंघ प्रदेश १ ले यसको बिरोध गरेको छ। महासंघले बिज्ञप्ती जारी गर्दै बिरोध गरेको हो।
महासंघले डेंगु परिक्षण गर्न प्रयोग गरिने किटको मुल्य ४ सय रुपैँया पर्नेमा कतिपय निजी अस्पतालले २ हजार ५ सय रुपैँयासम्म लिन थालेपछि बढी मूल्य लिने कार्य बन्द गर्न भन्दै अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी महासंघ प्रदेश १ ले भन्दै प्रेस बिज्ञप्ति जारी गरेर बिरोध गरेको हो।
सुनसरीको धरान, मोरङ र झापामा डेंगुको संक्रमण नियन्त्रणमा नआइरहेको बेला निजी स्वास्थ्य संस्थाहरुले रगत परिक्षण किटको मनोमानी शुल्क लिइरहेको भन्दै महासंघले महामारी फैलिएको बेला सहयोग गर्नुपर्नेमा बढी मूल्य लिएर उपचार गर्नु गलत हुने भन्दै महासंघ प्रदेश १ इन्चार्ज अञ्जना पोखरेलद्वारा हस्ताक्षरित बिज्ञप्तिमा बढी मूल्य लिने कार्यको भत्र्सना गरिएको छ।
सरकारी अस्पतालहरुमा डेंगु परिक्षण निशुल्क गरिने भएपनि निजी अस्पतालहरुले भने महामारीको समयमा अनुचित फाईदा उठाउदै बढी मूल्य लिदै आएका छन्। बिराटनगरस्थित नोबेल अस्पतालले डेंगु परिक्षण गर्दा बिरामीसँग २ हजार ५ सय रुपैया लिने गरेको छ खुलेको छ। बिरामीसँग पच्चिस सय रुपियाँ लिएर डेंगू परिक्षण गरेको बिलसमेत प्राप्त भएबाट बढी मूल्य लिएको पुष्टि भएको छ।
बिराट अस्पतालले १ हजार ८ सय रुपैया लिने गरेकोमा केही दिन अघि मूल्य घटाएर ६ सय ५० रुपियाँ बनाएको छ। डेंगु परिक्षणको किटको बजार मुल्य ४ सय रुपैया सम्म पर्दछ। परिक्षण गराउनेहरु निकै कम आउने गरेकाले परिक्षण शुल्क महंगो पर्ने गरेको निजी अस्पताल सञ्चालकहरुले बताएका छन्।
प्रदेश सरकारले भने डेंगु संक्रमितहरुको सरकारी अस्पतालहरुमा निशुल्क परिक्षण र उपचार गर्ने व्यवस्था मिलाएको जनाएको छ। अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी महासंघ प्रदेश १ ले समेत नीजि स्तरबाट सञ्चालित प्रयोगशालाहरुमा परिक्षण गराउँदा बढी शुल्क लिने गरेको भन्दै भत्र्सना गरेको हो। जनताको पहुँचभन्दा बाहिर रहेर डेंगुलगायत कुनैपनि समस्याको परीक्षण गर्न नसक्नेगरी शुल्क लिने संविधानले तोकेको स्वास्थ्य सेवाको मौलिक हक उल्लंघन भएको भन्दै समितिकी उपाध्यक्ष अञ्जना पोखरेलले सुलभ दरमा डेंगुको परिक्षण र उपचार लगाउन माग समेत गरेकी छिन्।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved