‘व्यवस्थित औद्योगिक ग्राम इटहरीमा स्थापना गर्छौ’

  • प्रकाशित मितिः असार ११, २०७६
  • 1400 पटक पढिएको
  • समय अनलाइन

बेदनाथ भेटवाल (राजन) इटहरीको लागि नौलो नाम होइन । न्यु क्वालिटि आइसक्रीम उद्योगका सञ्चालक उनी अन्य व्यापार र व्यवशायमासमेत संलग्न छन् । भेटवाल यो पटक उद्योग वाणिज्य संघ इटहरीको चुनावमा सदस्यका उम्मेदवार बनेका छन् । उनीसँग गरेको कुराकानी :

चुनावको तयारी कसरी गरिरहनु भएको छ ?
हामी विशेष गरि अध्यक्षका उम्मेदवार शैलेश विष्टसँंग वाणिज्यका पसलहरुमा तथा उद्योगहरुमा उद्योगी तथा व्यवसायीलाई भेटेर भोट मागिहरेका छौं ।

तपाइको व्यवसायिक यात्राको बारेमा बताइदिनुस् न ।
म विगत २६ वर्षदेखि व्यवसायमा संलग्न छु । सुरुमा मैले कंक्रीट उद्योगबाट व्यवशाय सुरु गरेको थिएँ र अहिले पनि म उद्यमीकै रुपमा म उद्योग चलाइरहेको छु । सुरुको अवस्थामा व्यवसाय गर्न निक्कै अफ्ठ्यारो थियो । त्यो समयमा मैले एकदम थोरै पुँजिमा उद्योग सञ्चालन गरेको थिएँ । अहिलेसम्म आइपुग्दा धेरै समस्याहरुको सामना गर्दै गएँ । अहिलेको अवस्थामा उद्योग राम्रै सञ्चालन भइरहेको छ । र अहिले चै मसँग तीन वटा उद्योग छन् । यहि उद्योगलाई विस्तार गरेर जाने क्रममा छु ।

सफल व्यवसायी बन्नका लागि के गर्नु पर्दो रहेछ ?
सफल व्यवसायी बन्न सबै भन्दा पहिला आफुमा आत्मविश्वास तथा त्यो व्यवसायप्रतिको कटिबद्धता हुनुपर्छ । किनभने व्यवसायमा धेरै खालका उतार चढाव आउँछन् । सुरुमा व्यवसाय गर्दा आफुले सोचेजस्तो र लगानी गरे जस्तो प्रतिफल पाउन गाह्रो हुन्छ । त्यो अवस्थामा संयमता अपनाउन जरुरी हुन्छ र आफुले गर्ने व्यवसायलाई मुलतः आफ्नो उत्पादनसँग जोडिएका कुराहरु बुझ्न जरुरी हुन्छ। आफुले गर्ने व्यवसाय तथा उद्योगको बजार कस्तो छ, त्यसको मागलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयलाई बुझ्न तथा राम्रोसँग सुक्ष्म तरीकाले अध्ययन गरेर व्यवसाय तथा उद्योग गर्दा फलदायि हुन्छ ।

इटहरीका व्यवसायीहरुको मुख्य समस्याहरु के होलान त ?
व्यवसायीहरुको मुख्य समस्या भनेको हामीहरु घरेलु उद्यमीहरु हौँ । हाम्रो जस्तो उद्योगहरुबाट उत्पादन भएका बस्तुहरु स्थानिय बजारमा मात्र बिक्री वितरण गर्नु पर्ने अवस्था छ । भारत तथा अन्य मुलुकबाट आयात हुने बस्तुहरुले हामीलाई समस्यामा पारेको छ । अर्को समस्या भनेको यहाँ उत्पादन भएको र बाहिरबाट आयात भएको सामानहरु हेर्दा उस्तै भएपनि क्वालिटिमा धेरै फरक हुन्छ । बाहिरबाट आयात भएका सामानभन्दा यहिँ उत्पादन भएका सामानहरु राम्रो क्वालिटिका हुन्छन् । मुल्यको हिसाबमा हामीले अलि महँगोमा बेच्नुपर्ने हुन्छ । र व्यवसायी तथा उद्योगहरुमा देखा परेको अर्को समस्या भनेको कामदारको हो ।

तपाइले जितेर गएपछि यो क्षेत्रको व्यवसायीक विकारका लागी के गर्नु हुन्छ ?
म यो भन्दा अगाडी घरेलु महासंघ सुनसरीको कोषाध्यक्ष पनि हो । र यो भन्दा अगाडी २०७३ सालमा पनि म १ नम्बर प्रदेशको उद्योग प्रबद्र्धन मेलाको आयोजक समितिको संयोजकमा रहेर काम गरीसकेको व्यक्ति हुँ । गत कार्तिक तथा मसिंरमा इटहरी उपमहानगरपालिकाकी उपमेयर ज्युको संयोजकत्वमा हामीले १० जनाको टोली कलकत्तामा गएर औद्योगीक अवस्थाको विषयमा जानकारी लिएका थियौं । त्यहाँ उद्योगीहरुको लागि उद्योगग्राम भनेर छुट्याइएको पाएँ । त्यहाँको व्यवस्थापन र नीति नियमलाई यहाँ लागु गरेर उद्योगको विकास गर्न भूमिका खेल्छु । इटहरीमा पनि सर्वप्रथम घरेलु उद्योगग्राम परिकल्पना गरेका छौँ र स्थानिय सरकारबाट पनि ५० लाख सम्मको बजेट छुट्याइसकेको अवस्था छ । जहाँसम्म लाग्छ हामीले जितेर गयौ भनेदेखि घरेलु उद्योगग्राम स्थापना गर्ने कार्यमा लाग्नेछौं ।

तपाइको प्रतिस्पर्धी भन्दा तपाई के कारणले सक्षम छु र जित्छु जस्तो लाग्छ ?
मैले विगत १० वर्षदेखि घरेलु उद्यमीहरुको पक्षमा काम गरेको छु । सुनसरी नेपाल घरेलु तथा साना उद्योग महासंघ सुनसरीको सदस्य हुँदै कोषाध्यक्ष समेतको जिम्मेवारी बहन गर्दाखेरि हरेक घरेलु साना उद्यमीहरुको घर आँगनमा गएर वहाँहरुको समस्याहरुको सुक्ष्म तरिकाले अध्ययन गरेको छु । वहाँहरुको प्रेरणा तथा साथ सहयोगबाट पनि मैले आफ्नो उम्मेदवारी दिएको हुँ । वहाँहरुले तपाइजस्तो मान्छे उद्योग वाणिज्य संघमा जानुपर्छ, हामी तपाइलाई साथ दिन्छौँ भनेकोले नै म अघि बढेको हुँ ।

व्यवसायीले तपाइलाई नै किन भोट दिने ?
व्यवसायीले मलाई नै किन भोट दिने भने मैले १० वर्षअघिबाट व्यवसायी तथा उद्यमीको हक हितका निम्ती काम गरेको छु । सानो व्यवसायबाट अहिले यो अवस्थामा आएको छु । म अरुलाई पनि व्यवशायको लागि प्रेरणा दिन सक्छु । मैले गरेको हरेक काम व्यवसायीकै हक हितमा भएकाले व्यवसायीले मलाई भोट दिनु हुनेछ भन्ने आशा छ ।

अन्तिममा आफ्ना भोटर्सहरुलाई के भन्न चाहनु हुन्छ ।
म सबैभन्दा पहिला त उद्योग वाणिज्य संघमा हुन गइरहेको यहि असार १४ गतेको निर्वाचनमा हाम्रा भन्दा नि राम्रा उम्मेदवारलाई आफ्नो अमुल्य मत दिएर जिताउँ भन्छु । उद्यमी र व्यवसायिको पक्षमा काम गर्न सक्ने, समय दिन सक्ने र अफ्ठ्यारो तथा असजिलो पर्दा उपस्थित भएर सहयोग गर्न सक्ने व्यवशायीलाई जिताऔं भन्छु ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved