इटहरीमा अप्रत्यक्ष रुपमा डेढ दशकदेखि र प्रत्यक्ष रुपमा एक दशकदेखि सकृय व्यवसायी हुन् शोभा कोइराला (सबिना) । कोइराला इटहरीबाट प्रशारण हुने प्रदेश १ को चर्चित सप्तकोशी एफएमको पुरानी रेडियो प्रस्तोता पनि हुन् । त्यस्तै, इटहरीबाट प्रकाशन हुने सूचना र सञ्चार साप्ताहिक प्रकाशन गर्ने समूह एक्टिभ नारी प्रकाशन समूहकी अध्यक्ष हुन् । काव्य टे«डर्स इटहरीकी प्रोपाइटर कोइरालाले स्नातकोत्तरसम्मको अध्ययन गरेकी छिन् भने रोटरी क्लबदेखि रेडक्रसजस्ता सक्रिय सामाजिक संस्थाहरुको मुख्य भूमिकामा उनी देखिँदै आएकी छिन् । आफूले चुनाव जितेपछि महिलको उद्यमशीलता, व्यापारको सञ्चारसीपदेखि अवसरहरुका बारेमा सचेतनाका कार्यक्रमहरु चलाउने योजना रहेको कोइरालाको भनाइ छ । यसै सन्दर्भमा कोईरालासँग समय आवाजका लागि गरिएको कुराकानी ः
शनिबार हुने उद्योग बाणिज्य संघ इटहरीको निर्वाचनका लागी कस्ता मुद्वा लिएर व्यबसायी माझ हिडिरहनु भएको छ त ?
चुनाब नजिकदैँ गहिरएको छ, म एउटी महिला हुँ र महिला भएको नाताले मैंले महिला उद्यमीहरुका लागि विभिन्न किसिमका तालिमहरु ल्याउनुपर्छ त्यसमा पनि महिलाकै क्षमता अनुसारका महिला हुनुहुन्छ कोहि कम पढ्नु भएका दिदिबहिनीहरु हुनुहन्छ भने कोहि पढे लेखेका दिदिबहिनी भए पनि उहाँहरुलाई चैँ तालिमको अभाव भएर आफ्नो कामहरु अगाडी बढाउन नसक्नु भएको अवस्थामा यहाँ हाम्रो समाजमा यथावत रहेकै कुरा हो । यहाँ तपाई हामीले भोगेकै कुरा हो । पढेर पनि हामीले काम जागिर नपाएको अवस्थाहरु पनि छन् । त्यसो हुनाले यस्ता खाल्लका दिदिबहिनीहरु जो चाँही सानो आम्दानी हुने दिदिबहिनी र अझैँ बढि आम्दानी हुने दिदिबहिनी जस्ता दिदिबहिनीहरुका लागि पनि उहाँका क्षमता अनुसारका कार्यक्रम ल्याउनपर्छ , जसले गर्दा महिलाको क्षमतामा अभिवृद्धि हुनुहुन्छ महिला शशक्तिकरण हुनुहुन्छ आर्थिक रुपमा पनि महिलाले राष्ट्र निर्माणमा पनि टेवा पु¥याउन सक्छन् त्यसो हुनाले महिलाका लागि मुख्य ध्यान राख्नुपर्छ भन्ने मलाई लाग्यो त्यसैले मैले यो उम्मेद्वारी दिएकी हुँ ।
विभिन्न सामाजिक संघसस्थाहरुमा पनि तपाईको सकृयता छ जस्तै नेपाल रेडक्रस, रोट्री क्लब, लायन्स क्लब आदीमा अब यो व्यबसायीक सेक्टरमा प्रबेश गर्नु खोजि राख्नु भएको छ व्यबसायीक क्षेत्रको अनुभव तपाईको कतिको कस्तो छ ?
हजुर मेरो भन्नुपर्दा मलाई झट्ट देख्दा मलाई व्यबसायी रुपमा याहाले देख्नु भयो नयाँ अनुहार भन्नुभयो तर यँहा हामी ईटहरीमा आज भन्दा १८ वर्ष अगाडी आएर हामीले ट्रेडिङ व्यबसाय गर्दै आएका हौँ । हामीले विभिन्न किसिमका तालिमहरु र सिपको काम गर्दै आएका छौँ र अहिले पनि सोहिलाई अहिले पनि निरन्र्तता दिने क्रममा आज सम्म पनि हामी आएका छौँ त्यसमा पनि मैले चैँ हाफँ टाइमको रुपमा काम गर्दथेँ यो भन्दा साइटमा आफ्नो पढाईमा लागिरहेको थिएँ। म मिडिया प्रेमी हुनाले अलिकति पत्रकारीतामा इच्छा भएकोले सप्तकोशी एफ.एम.मा पनि काम गरें र एफ.एम.मा काम गर्दा त्यहाँ बसीबसी पनि सामानहरु बेचेका उदारणहरु थुप्रै छन् । प्रत्यक्षरुपमा म यो व्यबसायमा न आए पनि अहिले ३ वर्षदेखि व्यापार नै सम्हालेर बसेको छु र यो भन्दा अगाडी पनि पार्टटाईम व्यबसाय नै गरेको हुँ । ईटहरीमा प्रवेश भए को १८ वर्ष पुरा भइसकेको छ त्यस बेला देखि हामी व्यापार गर्दै बसेका छौं ।
अब दुई पदका लागि चार जना उम्मेद्वार हुनुहुन्छ महिला तर्फबाट विशेष गरी महिलाको सवालमा ईटहरीका कस्मेटिक पार्लर लगायतका व्यबसायीहरु महिला हुनुहुन्छ उहा“हरुको लागी तपाईले विशेष योजना के बनाउनु भएको छ ?
विशेष गरी म यो क्षेत्रमा आबद्ध भएको हुनाले जटिल समस्या चाँही के छ भने कस्मेटिक र किरानामा होल्सेन र रिटेलको कुरा आएको छ होल्सेल व्यापारीले रिटेल व्यापारीहरुलाई मारमा पारेको सुनिदै आएको छ । होल्सेलरले पनि पैसा तिरेर सामान ल्याएको हुन्छ होलसेलरलाई पनि साहुँले कचकच गरिरहेको अवस्था हुन्छ नबेचुम भन्दा पनि नहुने बेचुम भन्दा पनि नहुने यस्तो अवस्था छ । यसका लागि होल्सेल तथा खुद्रा विक्रेताहरु आपसमा बसेर समन्वय गरेर अगाडी बढ्नु पर्छ सबैले गरी खानु पाउनु पर्छ भन्ने मलाई लाग्दछ र म उद्योग बाणिज्य संघमा निर्वाचित भएँ भने मैले यस विषयमा बोल्नु पर्छ भन्ने लाग्दछ ।
केहि दिन मात्र बाकी“ छ चुनाव हुनलाई चुनाव प्रचारप्रसारका लागि कुनकुन ठाउ“सम्म पुग्नु भएको छ र त्यहा“ तपाईले क्याम्पेन गरिरह“दा व्यबसायीहरुका कस्ता गुनासोहरु पाउनुभयो ?
अहिले चुनाबको अवस्थामा खनार, पकली पूर्वमा ट्याङ्ग्रा खोला, उत्तरमा तरहरा सम्म गएँ सबै घर दैलो कार्यक्रममा जाने अवसर पाएँ विभिन्न व्यापार व्यबसायीहरुसंग मैले प्रत्यक्ष कुराकानी गर्ने अवसर पाएँ । यस्तै किराना र कस्मेटिक पसल संचालकसँग मात्र सम्बन्ध थियो । यो भन्दा वाहिरको व्यापारीहरुलाई चिन्ने अवसर पाए उहाँहरुको गुनासो सुन्न पाए हरेक व्यापारीहरुको आ–आफनो किसिममा समस्याहरु छन् । ग्रिल व्यबसायीहरुको पनि आफ्नै समस्या छ उद्योगमा पनि आफ्नै समस्या भेटेँ अब होल्सेलर र रिटेलरको कुरा पनि छदैछ यस्तै रेडिमेट व्यबसायीहरुको पनि आफ्नै किसिमको गुनासो छ सवैले गरी खानु पर्छ सवैले मिलेर अगाडी बढ्नु पर्छ र सबैले आफ्नो घर परिवारलाई पाल्नु परेको अवस्था भएको हुनाले हामी सवै व्यापारीले अर्को व्यापारीलाई सम्मान गर्ने र एउटा व्यापारीले अर्को व्यापारीलाई सहयोग गर्ने आपसी सम्बन्ध राम्रो परी अगाडी बढ्नु पर्दछ यसको लागि नीति नियम नै बनाउनु पर्छ र सम्पुर्ण व्यबसायीहरु एउटा टेलबमा बसेर आ–आफ्ना समस्या राख्दा सवैहरुले बुझ्नु हुन्छ । होल्सेलरले पनि बुझ्नुहुन्छ रिटेलरहरुले पनि बुझ्नुहुन्छ कसैलाई मारमा नपर्ने गरी यस्ता मुद्दाहरुलाई अगाडी लिएर उद्योग वाणिज्य संघमा जानुपर्छ भन्ने मलाई लागेको छ ।
चुनाब त व्यबसायीको हो तर यहा“ पार्टीको चुनाव जस्तो देखिएको छ नेकपा र कंग्रेस वीचको लडाई जस्तो देखिएको छ यसले गर्दा व्यबसायीक हकहितको कुराहरु उठ्न नसक्ने भन्ने कुरा व्यबसायीहरुमा चिन्ता पनि देखिएको छ नि ?
हामी सवै व्यापारी हौँ । सवै व्यापारीको आ–आफ्ना समस्या हुन्छन् सवैले संघर्ष गरेर आएका हुन्छन् । शुरुको दिनमा जसको पनि जीवनमा संघर्ष नै हुन्छ पछिका दिनमा सफलता हासिल गरेको हुन्छ । यो संस्था भनेको उद्योग वाणिज्य संघ विशुद्ध व्यापारी कै संस्था हो । व्यापारी कै बारेमा बोल्नु पर्दछ र व्यापारीका लागि नै आवाज लिएर हिड्नुपर्छ भने मैले मान्यता राखेको छु त्यसो हुनाले यहाँ पार्टीको हावी हुनुहुँदैन भन्ने मलाई लाग्छ ।
अन्तिममा,ईटहरीमा तपाईलाई चिन्ने व्यबसायी मतदाताहरुलाई के भन्नु चाहानु हुन्छ ?
आदरणीय व्यापारी दाजुभाई दिदिबहिनीहरुलाई म पहिलो पटक उम्मेद्वारी दिदै छु । म एउटा महिला हुँ । मैले रोटरीक्लबअफ इटहरीको सजिव भएर काम गरिसकेको छु । मेरो आफ्नै सुचना र सञ्चार भन्ने साप्ताहिक पत्रिका यहाँले पढ्नु नै भएको होला, त्यहाँको म ९ बर्ष देखि अध्यक्ष पनि हुँ । मैले पनि आफ्ना विभिन्न किसिमको अनुभवहरु लिएको छु दुख बुझेको छु पत्रकार साथीहरुको पनि दुख बुझेको छु ट्रेडीङ व्यबसायको पनि दुख बुझेको छु अन्य विभिन्न किसिमको दुख बुझेको हुनाले मलाई लाग्छ उद्योग वाणिज्य संघको भोलीका दिनमा जाँदा व्यापारीहरुलाई जस्तो किसिमको समस्या छ त्यसलाई निराकरण गर्नका लागि भुमिका खेल्न सक्छु भन्ने मलाई विश्वास छ त्यसो हुनाले यहाँ सम्पूर्ण उद्योगी व्यावसायी मित्रहरुलाई मलाई एक पटक अवसर दिनु होस्, हेर्नु होस् र विश्वास राख्नुहोस, मेरो इमान्दारीता हेर्नुहोस् र अर्को पटक यहाँहरुका अगाडी मैले भोट माग्दै आउनु पर्दैन होला यहाँले आफै आएर दिदि तपाई चाँही उठ्नु पर्छ भन्नेसम्मको काम गरेर मेहेनतका साथ डटेर हाम्रा १० साझा मुद्दाहरु भित्र रहेर काम गर्ने प्रतिबद्धता जनाउँछु ।
धन्यवाद ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved