व्यवसायीका साथी राम हृदय राय

  • प्रकाशित मितिः असार १३, २०७६
  • 1110 पटक पढिएको
  • समय अनलाइन

उद्योग वाणिज्य संघको निर्वाचनमा होमिएका अर्का उमेद्वार हुन् राम हृदय राय (राजु) । इटहरीका विभिन्न सामाजिक संघ÷संस्थामा आफ्नो अमिट छाप छोड्न सफल राय व्यवसायिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । यद्यपि सामाजिक सेवा गर्न कुनै पद नै नचाहिने, यो त मनबाट हुन्छ भावना राख्ने राय छठ पूजा समितिका अध्यक्षको भूमिका निर्वाह गरिरहेका छन् । छठ पूजालाई अझ व्यवस्थित बनाउँदै छठी माताप्रति आस्था राख्ने इटहरीका सबैका लागि उनले अझ विस्तारित रुपमा यस पूजालाई विकास गर्दै लगे । गणेश मन्दिर इटहरी १० को अध्यक्ष उनी मनिहारी तथा कस्मेटिक व्यवसायी संघका संस्थापक सदस्य समेत हुन् । व्यवसाय जुनसुकै भएपनि सबैसँग मित्रवत व्यवहार गर्ने राय सबै व्यापारी माझ लोकप्रिय पात्र बन्न सफल भएका छन् । सपना गोल्ड, जे एण्ड बी एप्रेल्स प्रालि, एसएम टूेडर्स, नेपाल एप्रेल्स प्रालिका सञ्चालक समेत रहेका राय उद्योग वाणिज्य संघ इटहरीको आगामी असार १४ गते हुने निर्वाचनमा वाणिज्यतर्फ सदस्य पदका उमेद्वार हुन् । आफूले सबै व्यवसायीहरुसँग मित्रवत व्यवहार गरेका कारण सबै व्यवसायीहरुले आफूलाई सहयोगसँगै निर्वाचनमा अत्यधिक मत दिने कुरामा आफू विश्वस्त रहेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved