नवजात शिशु चोरी,दुई महिला पक्राउ

  • प्रकाशित मितिः असार २७, २०७६
  • 735 पटक पढिएको
  • समय अनलाइन

सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट मध्यरातमा एक नवजात शिशु चोरी भएको छ ।
प्रहरी र चिकित्सकको सक्रियताले चोरी भएको केही समयपछि नै नवजात शिशु धरान १५ स्थित वगरकोटबाट फेला परेको थियो भने दुई जना महिला पनि पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा धरान १५ की लिला बिक र उनकी भाउजु मिना लिम्बु बिक रहेका छन् ।
उनीहरुविरुद्ध बच्चा चोरी तथा अपहरणको जाहेरी आइसकेको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । ‘बच्चा चोरी भएकै हो, उनीहरुको नियत खराब देखिएको छ । यसबारे जाहेरी आइसकेको छ,’डिएसपी न्यौपानेले भने,‘एक जना महिला १०, १२ दिनदेखि पोष्ट नेटल वार्डतिर नै बसेर सहयोग गरेजस्तो गरेर विश्वास जितेर राती आफन्त निदाएको बेला बच्चा चोरी गरेको देखिन्छ ।’
घटना बुधबार राती करिब १२ बजेतिरको हो । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका १ का जितनारायण मेहता र बबिता मेहताको नवजात शिशु(छोरा) चोरी भएको हो । बबिताले असार १३ गते छोरा जन्म दिएका थिए । आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या देखिएपछि उनीहरुको वार्डमा नै राखेर उपचार भइरहेको थियो । बच्चाका बुबा जितनारायणका अनुसार केही दिनअघि देखि नियमित रुपमा लिला बिक वार्डमा कुरुवा जस्तो भएर आउने जाने गर्थिन् । ‘ राती पनि हाम्रो क्याबिनमा आएर सुतेको रहेछ । हाम्रो आफन्त कुरुवा बसेको थियो, सबै निदाएको बेला बच्चा निकालेर अर्को महिलालाई बोलाएर पठाएछ,’तिजनारायणले भने । जित नारायणका अनुसार बबिता बिउझिए पछि बच्चा नदेखेर हल्लीखल्ली भयो । तत्काल डाक्टर र प्रहरी आइपुगे । शंका लागेको महिला(लिला बिक) वार्ड बाहिर सुतिरहेको अवस्थामा भेटियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved