दोस्रो पटक खोलिए ब्यारेका सबै ढोका

  • प्रकाशित मितिः असार २९, २०७६
  • 867 पटक पढिएको
  • समय अनलाइन

 ब्यारेज पुललाई खतरा पुर्याउने अवस्था सीर्जना भएपछि गयराती खोलिएका ५६ ढोका पानीको बहावमा कमी आउना साथ बन्द गर्न थालिएको छ । कोशीमा १५ वर्षयताकै उच्च बहाव ३ लाख ७१ हजार १ सय १० क्यूसेक प्रतिसेकेण्ड पुगेपछि गएराती १० बजेपछि कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको थियो ।
बहाव बढेपछि भारतीय पक्षकै आदेश पछी ब्यारेजका सबै ढोका खुल्ला गरिएको थियो । कोशी ब्यारेज कन्ट्रोल रुमका प्राविधिकहरुका अनुसार उच्च अधिकारीबाट प्राप्त आदेश बमोजिम ब्यारेजका सबै ढोका खोलिएका हुन् । निरन्तर बढ्दो बहावसँगै कोशीको पानीले पुलको माथिल्लो भाग छुँदै गर्दा सम्भावित जोखिमबाट पुललाई जोगाउन र बहावको सन्तुलन मिलाउन ५६ वटै ढोका खोल्नु पर्ने अवस्था आएको भारतीय प्राविधिकहरुले बताएका छन् ।पानी बढेसँगै कोशीमा माटो र फोहोर समेत थुप्रिन पुगेको थियो । जसले गर्दा समेत पानीको सतह बढ्दा कोशीको पुललाई थप जोखिम पुर्याउन सक्ने अवस्था उत्पन्न भएपछि भारतीय पक्षले सबै ढोका खुलाएको बताइएको छ । रातीबाट खोलिएका ५६ वटा ढोका आज बिहानबाट क्रमश बन्द गर्न थालिएको छ । कोशीको बहाव पछिल्लो मापन अनुसार घटेर २ लाख ९० हजार ३ सय ४० क्यूसेक प्रतिसेकेण्डमा झरेको छ । समाचार तायर पार्दै गर्दासम्म प्रहरीले दिएको जानकारी अनुसार ४३ ढोका खुलेका छन् । अघिल्लो दिन ६ दशमलव ३ मिटरमा पुगेको चतराको मापन समेत घटेको छ ।कोशी ब्यारेज प्रहरीका अनुसार बहावको सन्तुलन मिलाउँदै भारतीय पक्षले यसअघि खोलिएका ढोका क्रमश बन्द गर्दै गएको छ । कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको यो दोस्रो पटक हो । यसअघि सन् १९६८ को बाढीको समयमा कोशीको बहाव ९ लाख १३ हजार क्यूसेक प्रतिसेकेण्ड पुग्दा ब्यारेजका सबै ढोका खोलिएका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved