‘लेटेष्ट’ भ्रम र यथार्थकोशी ब्यारेजको

  • प्रकाशित मितिः असार २९, २०७६
  • 1380 पटक पढिएको
  • समय अनलाइन

समाचारमा लेखिएको थियो ‘भारतको बिहार जलमग्न भएपछि भारतले ढोका बन्द गर्न दबाब दिइरहेको छ’ जसमा शसस्त्र प्रहरीका भाण्टाबारी बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीलाई उदृत गर्दै भनाई समेत राखिएको थियो।

यसरी सरकारको मातहतमा रहने राससले यस्तो समाचार लेखेपछि शनिबारका प्राय सबै अनलाईनका हेडरमा समाचार पोष्ट भए।

तर राससमा आएको समाचार भने जस्तो तथ्यपरक भने थिएन। २०२२ सालदेखि कोशी ब्यारेजको ५६वटा ढोकाको चाबी भारतकै हातमा छ। ब्यारेजमा रहेको कन्ट्रोल कक्षमा भारतकै इन्जिनियर, प्रबिधिक र सुरक्षकर्मी रहन्छन्। यहाँसम्मकी ब्यारेजको रेखदेख मर्मत सम्भार भारतीय पक्षले नै गर्ने गरेको छ। ब्यारेजको पुललाईनै भारतीय पक्षले नेपाल भारतको सिमाको रुपमा दाबी गरिहरहेको छ।

तर ब्यारेजदेखि दक्षिण तर्फको करिब १ किलोमिटर पर नेपालको सिमा पर्छ। सो समाचारको अर्काे रोचक पक्ष यो पनि थियो कि ब्यारेजको ढोका खोल्न भारतीय पक्षले दबाब दिइरहेको बिषय सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीलाई कोड गरिएको थियो।

तर यो बिषयमा भण्डारीलाई शनिबार कोही पत्रकारले सम्पर्क गरेका थिएनन्। राससमा आएको समाचारमा आफ्नो नाम देखेपछि बिभागबाट पनि आफुलाई सोधेको उनले बताए।

‘यो बिषयमा मलाई कसैले सोधिएको छैन, तनावमा रहेका प्रहरी निरीक्षक भण्डारीले भने ‘यस्तो सम्वेदनशिल बिषयमा अरुलाई फसाउनु त भएन नी’।

‘शसस्त्र प्रहरी हेडक्वाटरले चासो लिएपछि मैले आफै समाचार लेख्ने पत्रकार सरलाई खोजेर कुरा गरे। उहाँले पनि नाम मात्र हाल्देको भन्नुभयो’ । भण्डारी भन्छन् ‘ब्यारेजको पानीको मापनको रेकर्ड जनपद प्रहरीले राख्ने काम गर्छ हामी त मात्र कुनै घटना भए रेस्क्युमा जाने हो’। हामीलाई आन्तरिक कुरा केही जानकारी हुन्न।

‘पत्रकार मित्रहरुले पनि कमसेकम बुझेर मात्र समाचार लेखिनुपर्छ’ उनले भने।

शनिबार यो समाचार आउँदासम्म दिउसो २ बजे कोशी ब्यारेजबाट दुई लाख ७४ हजार ६५ क्यूसेक प्रतिसेकेण्ड पानी मापन गरिएको थियो। यो मापन गर्दा ३६ वटा ढोका त्यस समय खोलिएको थियो।

स्मरण रहोस कोशी ब्यारेज बनेको समयमा नौ लाख ५० हजार क्युसेक पानी बग्ने क्षमता हुने उल्लेख छ। तर, ब्यारेजभन्दा माथिल्लो भागमा बालुवा थुप्रिनु र पछिल्ला बर्षमा पानीको बहाव चार लाखभन्दा मुनि नै रहेकाले गर्दा कुनै अनुमान लगाउन सक्ने अवस्था भने छैन।

लगातार बर्षा भईरहेका कारण कोशीमा पानीको बहाव बढेपछि शनिबार राती १० बजे ५६ वटै ढोका खुल्ला गरिएको थियो। त्यस समय पानीको वहाव ३ लाख ७१ हजार एक सय १० क्यूसेक प्रतिसेकेण्ड पुगेको थियो ।

भारतलाई अब छैन टाउको दुखाई

भारतले भर्खरै कोशी ब्यारेजदेखि ३० किलोमिटर दक्षिण नयाँ ब्यारेज निर्माण गरेको छ। बिहार जिल्लाको सिम्राही नजिक २० लाख क्यूसेक प्रतिसेकेण्ड क्षमताको ब्यारेज निर्माण गरेपछि कोशीबाट सबै ढोका खुल्दा पनि अब भारतलाई असर हुने छैन।

२०६५ भदौ २ गते सप्तकोसी नदीले पुर्वी तटबन्ध भत्काउदा नेपालसँगै भारतका ३ जिल्लामा मानबीय र भौतिक क्षति हुन पुगेको थियो। सोही घटनापछि भारतले कोशीको त्रासलाई दीर्घकालिन रुपमा अन्त्य गर्न सो पुलसहितको ब्यारेज निर्माण गरेको थियो।

सो ब्यारेज भर्खरै निर्माण समपन्न भएको र नयाँ ब्यारेजको क्षमताको परिक्षण गर्न र कोशी ब्यारेजको १ किलोमिटर उत्तरको बालुवा भरिएको समस्यालाई हल गर्न शनिबार ५६वटै ढोका खुल्ला गरिएको बिश्लेषण गरिएको छ।

IMG_0207 ब्यारेजको आयु सकिएपनि भारत सरकारले ब्यारेजको सरसफाईको लागी करोडौँ बजेट दिने गर्छ। तर बजेट भनिए जस्तो सरसफाई र पुलको मर्मतमा खर्च गरिदैन। जसकारण पुल दिनप्रतिदिन जिर्ण बन्दै गएको छ।

पुल आसपास जमेको बालुवा निकाल्न पनि बजेट आउने गर्छ। तर भारतीय पक्षले सो कार्यको बजेट तटबन्धनमा लगाउँदै आएको छ। यसले बालुवा भरिँदा वा कुनै विपत आए नेपालकै भुभागमा बढी असर पुग्ने गर्छ।

यसकारण कोशी ब्यारेजका सबै ढोका खुल्ला गर्दा पनि भारतलाई ठुलो असर पुग्ने देखिदैन।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved