महासंघका जिल्ला अध्यक्ष सहित १५ जना इटहरीबाट पक्राउ

  • प्रकाशित मितिः श्रावण ४, २०७६
  • 1002 पटक पढिएको
  • समय अनलाइन

इटहरी : नेपाल आदिवासी जनजाती महासंघका नेता तथा कार्यकर्तालाई प्रहरीले इटहरीबाट पक्राउ गरेको छ ।
लोकसेवा आयोगले खुलाएको विज्ञापनमा देशमा समावेशी सिद्धान्तको कोटा कम भएको भन्दै आदिवासी जनजाती महांसघले आज शनिबार प्रदेश १ मा बन्दको आह्वान गरेको थियो । आज शनिबार बिहानैदेखि इटहरी चौकमा आक्रमक बनेका महासंघका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । इटहरीलाई केन्द्र बनाएर यातायात तथा यहाँको बजार बन्द गर्न महासंघले आह्वान गरेको थियो । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसी) समीरचन्द्र खरेलका अनुसार बन्द गराउन आह्वान गर्दै हिडेकाले पक्राउ गरिएको बताए ।

‘बजार बन्द गराउँदै हिडेँकाले हामीले १५ जनालाई पक्राउ गरेका छौँ,’ खरेलले टेलिफोन सम्पर्कमा भने, ‘अहिले यातायात पनि सञ्चालनमा छ, अवस्था सामान्य रहेको छ ।’ उनका अनुसार आदिबासी जनजाती महासंघ सुनसरीका अध्यक्ष रामकुमार राई सहित १५ जनालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ । डीएसपी खरेलले भने, ‘बजार बन्द गर्नुपर्छ भन्दै हिडेँको सूचनाका आधारमा हामीले पक्राउ गरेका हौँ, थप अनुसन्धान भईरहेको छ ।’

आदिबासी जनजाती महासंघका प्रदेश १ अध्यक्ष धुब्र लिम्बुले आन्दोलन गर्नु कुनै रहर नभएको र आँफूहरु बाध्यताका कारण आन्दोलनमा उत्रनुपरेको बताउँदै आएका छन् । हिजो शुक्रबार महासंघले इटहरीको मुख्य चौकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको पुत्ला समेत दहन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved