कराडौँ रकम लिएर चन्द्रगढीका राउत वेपत्ता, लगानीकर्ताको रुवाबासी

  • प्रकाशित मितिः श्रावण ८, २०७६
  • 961 पटक पढिएको
  • समय अनलाइन

भद्रपुर / महँगो व्याजमा पैसा उठाएर झापाका एक व्यक्ति करोडौं लिएर वेपत्ता भएका छन् ।  सप्तरी दौलतपुर स्थायी ठेगाना भई हाल भद्रपुर–१० धनुषमोड नजिकै बस्दै आएका ४५ वर्षीय राजकुमार राउत वेपत्ता भएका हुन् । राउत असार १३ गते शुक्रबार दिउँसोदेखी सम्पर्कविहीन भएको पारिवारिक श्रोतले जनाएको छ । उनले झापाको विर्तामोड, भद्रपुर, चन्द्रगढी, गौरादह, उदयपुरको गाईघाटलगायतका स्थानबाट व्यत्तिः, सुन व्यवसायी, यातायात व्यवसायी, सटही काउन्टर सञ्चालक, उद्योगी व्यापारी, छिमेकी आफन्तजनबाट करिव ५ कारोडभन्दा माथि रकम लिएर वेपत्ता भएको आरोप छ ।
उनले १ देखि २७ लाख रुपैयाँसम्म रकम सापटी लिएको देखिएको छ । प्रायःजसो जग्गाको कारोबार गर्दैछु रकम अपुग भयो भन्दै रकम लिने र केही दिन पछि व्याज थपेर रकम दिने गरेकोले लगानी गरेको लगानी कर्ताको भनाई छ । उनले कसैबाट सुनको कारोबार गर्दैछु भनेरसमेत आश्वासन दिएर रकम लिएका छन् । एकै घरका परिवारले राउतसँग छुट्टाछुट्टै कारोबार गरेकोसमेत पाइएको छ । शुरु शुरुमा कारोबार राम्रै थियो, भनेकै दिन व्याजसहित साहू पनि दिने गरेकोले रकम लगानी गरेको उनीहरु बताउँछन् ।
हालसम्म राउतलाइ रकम दिने २३ जना देखिएका छन् । अहिलेसम्म सवैभन्दा बढी रकम दिने गाइघाटका कटवाल थरका व्यक्तिले २७ लाख रुपैयाँ दिएको दाबी गरेका छन् । शुरुमा कतीपय लगानीकर्ताले रामै रकम कमाएको वताएका छन् । पछिल्लो समय लगानीकर्ताको व्याज त के साहूपनि डुबेको जनाएका छन् ।
घटना विवरण अनुसार राउत गएको शुक्रबार विहान साढे ८ बजे खाना खाएर २२० सीसीको मोटर साइकल चढेर चन्द्रगढी तर्फ लागेका थिए । दिउँसो करिब २ बजे केही लगानी कर्ताले फोन गर्दा मोवाइल अफ भएको थियो । परिवारले पनि साझँमा फोन गर्दा अफ भए पछि सवैतिर आफन्तजन, छिमेकीमा सम्पर्क गर्दा राउत फेला परेनन । रातभर मोवाइलमा सम्पर्क गर्दा नलागेपछि परिवार रातभर अनिदो नै भएको राउतकी श्रीमतीले बताइन् । कतै दुर्घटनामा पर्नुभयो कि भनेर सम्भावित सवै ठाउँमा सम्पर्क गरे, तर आजसम्म उहाँको अत्तोपत्तो छैन उनले गहभरी आशु पार्दै भनिन् । मोटरसाइकल भने चन्द्रगढीको वजाज सो रुममा फेला परेको छ । मर्मतका लागि राखेर गएको उनीहरुले बताएका छन् ।
जब घरमा रकम दिने मान्छेको लाइन लाग्यो अनि मात्र श्रीमानको कारोबार थाहा पाएको उनी बताउँछिन । उहाँले मलाई जग्गाको कारोबार गर्दैछु मात्र भन्नु भयो अरु विषयमा केही जानकारी नभएको उनले बताइन् । चिनजानका मानिस घरमा नै आउनुहुन्थ्यो तर उहाँहरुले गरेको कारोबारको विषयमा भन्नु भएन । श्रीमान वेपत्ताको खबर पाए पछि छिमेकीलगायत अन्य ठाउँबाट पनि लाखौँ रकम दाइलाई दिएका थियौँ भन्दै आउन थालेका छन् ।
उहाँ फेला नपरेसम्म मबाट केही नहुने भन्ने जवाफ दिने गरेको उनले जनाइन् । केही दिन बाटो हेरौ अनि कानूनी प्रकृयामा जान्छु–उनले भनिन । घर निर्माणको लागि नेपाल वहुउद्देश्य सहकारीबाटसमेत ऋण लिएको उनकी श्रीमतीले बताइन । ‘१३ लाख रुपैया तिर्न बाँकी छ श्रीमान वेपत्ता हुनुभएको छ । वैङ्कले चिठी पनि पठाएको छ –उनले रुदै विलौना गरिन् –‘छोरा छेरीको भविश्य के हुने भो ? र आफु पनि बाचौला जस्तो लाग्दैन ।’
राउतले तीनदिन पछि १८ लाख रुपैयाँ दिन्छु भनेपछि १५ लाखमा स्कार्पियो गाडी बचेर लगानी गरेको तर, भाका अगावै वेपत्ता भएपछि तनाव भएको चन्द्रगढीका एक व्यक्तिले नाम नछाप्ने शर्तमा बताए । उहाँसँग राम्रो सम्बन्ध भएकोले रकम दिएको उनले सुनाए । त्यसैगरि एकवर्षसम्म सटहीको कारोबार गर्ने राउतले विहीबार ४ लाख रुपैयाँ मागेको चन्द्रगढीका एक काउन्टर सञ्चालकले बताए । काउन्टर बन्द भइसकेकोले ३ लाख सापटी स्वरुप दिए । भाका अगावै राउत वेपत्ता भए– उनले भने ।
अहिले दैनिक राउतको घरमा मानिसहरु आउन थालेका छन् । उनका बुवा आमा सप्तरीमा छन् । २०६७ सालदेखि राउत परिवार चन्दगढीमा स्थायी बासिन्दा हुन् ।
राउत वेपत्ता भएपछि तीनदिन अघि मङ्गलबार ९ जना लगानीकर्ताले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । मानिसलाई खोजेर छलफल गराइ सापटी रकम फिर्ता गराइ पाउनको लागि संयुत्तरुपमा उजुरी परेकोे जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । तर उनीहरुले पैसा दिएको भने केही प्रमाण छैन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved