प्रदेश १ को संसद बैठक स्थगित

  • प्रकाशित मितिः श्रावण ८, २०७६
  • 1096 पटक पढिएको
  • समय अनलाइन

विराटनगर: बर्षातको पानी प्रदेश नं १ को सभाहल भित्र नै पसेर डुबान परेपछि संसदको बैठक १० दिनको लागि स्थगित गरिएको छ ।

आज बुधबार चौथो तथा बजेट अधिवेशनको २७ औं बैठक थियो । तर, बर्षातको पानी सभा हलभित्र पसेर डुबान भएपछि बैठक स्थगित गरिएको हो । बर्षातको पानी संसदको रोष्ट्रमसम्मै पुगेको थियो । प्रदेश सभामा पानी भरिन थालेपछि प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले एक सूचना जारी गर्दै बिशेष कारणवस बैठक स्थगित गरिएको जानकारी दिएका छन् 

सचिव पराजुलीले जारी गरेको सुचनामा आज स्थगित भएको बैठक साउन १९ गते १ बजे बस्ने पनि जानकारी दिएका छन् । लगातारको बर्षाले संसद्को बैठकस्थलमै पानी पसेको छ । यसअघि पनि संसद भवनभित्र पानी भरिएपछि मोटरले तानेर फाल्ने गरिएको थियो । संसद्को बैठक हल गहिरो भाग भएकोले बर्षात हुनुबित्तिकै पानी र ढलको फोहोरसमेत बैठक हलमा पुग्छ । बर्षातको समयमा विराटनगर डुबानमा पर्ने भएकोले राजधानी, प्रदेशसभा हल अन्यत्र सार्नुपर्ने माग प्रदेश सांसदहरुले नै उठाउदै आएका थिए । तर, सुनुवाई हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved